• १३ साउन २०८१, आइतबार

सुपथ मूल्यको पसल : ६० रुपियाँसम्म छुट पाइने

blog

तस्बिर : कविन अघिकारी

काठमाडौं, असोज ३ गते । असोज १ गतेदेखि सुरु भएको सुपथ मूल्य पसलमा सात रुपियाँदेखि ६० रुपियाँसम्म छुट पाइने भएको छ । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

लिमिटेडका सूचना अधिकारी सर्मिला सुवेदीका अनुसार दाल, चामल तेलमा प्रतिकेजी, प्रतिक्विन्टल सात रुपियाँ छुटको व्यवस्था गरिएको छ  । त्यस्तै, घिउमा प्रतिकेजी ६० रुपियाँ छुटको व्यवस्था गरिएको छ । 

सोहीअनुसार जुम्लाको सिमी तथा गेडागुडीमा प्रतिकेजी १० रुपियाँसम्म छुटको व्यवस्था रहेको छ । जिउँदो खसी–बोका तथा च्याङ्ग्रामा प्रतिकेजी १० रुपियाँसम्म छुटको व्यवस्था रहेको छ । 

जिउँदो खसी–बोका तथा च्याङ्ग्रामा प्रतिकेजी १० रुपियाँसम्म छुटको व्यवस्था रहेको छ । 

उहाँले भन्नुभयो, ‘दशैँ, तिहार र छठजस्ता चाडपर्वलक्षित असोज १ गतेबाट सञ्चालनमा आएको सुपथ मूल्य पसलबाट उपभोक्ताले सात रुपियाँ देखि ६० रुपियाँसम्म खाद्यान्न खरिदमा छुट पाउने छन् ।’ 

देशभर ४१ जिल्लाका ४५ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन भएका छन् । काठमाडौं उपत्यकामा भने चार ठाउँमा सुपथ मूल्य पसल सञ्चालन भइरहेको छ । उपत्यकामा रामशाहपथ, थापाथली, नख्खु र भक्तपुरबाट सुपथ मूल्य पसल सञ्चालन भइरहेको छ । 

सुपथ मूल्य पसल कात्तिक १५ गतेसम्म सञ्चालन हुने बताइएको छ । सुपथ मूल्य पसलमा दाल, चामल, कर्णालीको सिमी, विभिन्न प्रकारका दालहरू, आँटा, पिठो, तेल, घिउ र चिउरा उपलब्ध छन् । 

असोज १ गतेबाट सञ्चालनमा आएको सुपथ मूल्य पसलबाट उपभोक्ताले सात रुपियाँ देखि ६० रुपियाँसम्म खाद्यान्न खरिदमा छुट पाउने छन् ।

मुस्ताङबाट च्याङ्ग्रा नआउने 

यस पटक मुस्ताङबाट च्याङ्ग्रा ल्याउन नसकिने भएको छ । च्याङ्ग्रा दार्चुलाबाट खरिद गर्ने तयारी खाद्य, व्यापार तथा कम्पनी लिमिटेडले गरेको जनाएको छ । 

लिमिटेडकी सूचना अधिकारी सुवेदीका अनुसार मुस्ताङबाट च्याङ्ग्रा खरिद गर्न कठिनाइ भएपछि अहिले दार्चुलाबाट खरिद प्रक्रिया थालिएको छ । घटस्थापनाको अघिल्लो दिनसम्म च्याङ्ग्रा काठमाडौं ल्याएर घटस्थापनाको अर्को दिनबाट बिक्री सुरु हुने उहाँको भनाइ छ । 

खसी, बोका भने हेटौडा, धादिङ र तुलसीपुरबाट खरिद गरेर ल्याउने तयारी रहेको उहाँले बताउनुभयो ।  बजारमा चाडपर्वको समयमा खाद्यवस्तु तथा खसी, बोकाको माग उच्च हुने हुँदा महँगी नियन्त्रण गर्नका लागि सरकारले आफ्नो उपस्थिति जनाएको लिमिटेडका सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।