• २० असार २०८१, बिहिबार

निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी बढाउन सांसद पन्तको आग्रह

blog

काठमाडौं, भदौ ३१ गते । सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन सबै राजनीतिक पार्टीलाई आग्रह गर्नुभएको छ ।

शुक्रवार बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै सांसद पन्तले जनतामा सुशासनको प्रत्याभूति दिलाउन पनि महिलाहरुको प्रत्यक्षतर्फको निर्वाचनमा सहभागिता बढाउन आवश्यक रहेको जिकिर गर्नुभयो ।

सांसद पन्तले भन्नुभयो, ‘‘क्षमतावान महिलाहरुको सङ्ख्यामा वृद्धि भएको छ । म भूगोलमा गएर निर्वाचनमा भाग लिन्छु कसिएर बस्नुभएका महिला साथीहरु धेरै हुनुहुन्छ । उहाँहरुलाई उद्धारताका साथ एकदम हार्दिकताका साथ महिलाहरुको दह्रो संलग्नता नभइकन यो मुलुकको राजनीति अगाडि बढाउनका निम्ति र मुलुक अघि बढाउनका निम्ति जनतालाई सुशानसको प्रत्याभूति दिलाउनका निम्ति पनि महिलाहरुको सहभागिता बढाउन जरुरी छ ।’’

उहाँले संविधानले व्यवस्था गरेको महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउन पनि राजनीतिक पार्टीका नेतृत्वहरु तयार नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सांसद पन्तले महिलाहरु भूगोलमा गएर निर्वाचन लड्न सक्षम रहेको उल्लेख गर्दै त्यो कुरालाई आत्मसात् गरेर निर्वाचनका लागि उम्मेदवार छनाेट गर्न पनि सबै राजनीतिक पार्टीका नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पन्तले संविधान अनुसार आगामी निर्वाचनमा महिलाहरुको सहभागिता बढाउने काममा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि आग्रह गर्नुभयो ।

‘‘अध्यक्ष महोदय, उहाँहरुले कति पाउनुहुन्छ ? निधो भएको छैन । मलाई सङ्ख्याको बारेमा ज्ञान छैन । कति दिनुहुन्छ राजनीतिक पार्टीहरुले ? मेरो आग्रह राजनीतिक पार्टीहरुलाई र हाउसको नेता भएकाले सम्माननीय अध्यक्षज्यूलाई पनि आग्रह गर्छु–महिलाहरु सुशासनको निम्ति पनि राज्य संयन्त्रको मूलधारमा पुग्नुपर्छ भन्ने कुराको सोच रहनेछ भन्ने कुरा म आग्रह गर्न चाहन्छु ।,’’ उहाँले थप्दै भन्नुभयो, ‘‘अर्को २०४७ सालको संविधानमा निर्वाचनमा महिलाहरुले जित्न सक्छन् भन्ने मान्यता राजनीतिक नेतृत्वले पु¥याउनुप¥यो । संविधानले परिकल्पना गरेको महिलाहरुलाई प्रतिनिधित्व गराउने विषयमा पनि हाम्रो राजनीतिक नेतृत्वले स्वीकार गर्दैन ।’’ 

सांसद पन्तले दशैं–तिहारजस्ता चाडवाड आएको उल्लेख गर्दै सर्वसाधारणका लागि सुलभ र सस्तो बजारको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।