• १३ साउन २०८१, आइतबार

सडक छेउका संरचना १० दिनभित्र हटाउन सियारी गाउँपालिकाको निर्देशन

blog

रुपन्देहीको सियारी गाउँपालिकाको कार्यालय रहेको भवन ।

कपिल ज्ञवाली
सिद्धार्थनगर, भदौ ३१ गते ।
सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन स्थानीय सरकारले धमाधम अभियान थालेका छन् । बुटवल, तिलोत्तमा र सियारीले सूचना नै जारी गरेर संरचना हटाउन आग्रह गरेको  हो ।

सियारी गाउँपालिकाले सडक अतिक्रमण गरी बनाएका संरचना, सडक पेटीमा थुपारिएका निर्माण सामग्री हटाउन १० दिनको समयसीमा तोकेको छ । १० दिनको अल्टिमेटम दिएर गाउँपालिकाले अव्यवस्थित संरचना हटाउन आग्रह गरेको हो ।

गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत सुधीर पौडेलले एक विज्ञप्ति जारी गर्नुहुँदै सडकमा थुपारिएको निर्माण सामग्री तथा सडकमा गाईवस्तु बाँध्ने गर्दा पालिकाको सुन्दरता बिग्रिएको भन्दै हटाउन निर्देशन दिनुभएको छ ।

खास गरी बेथरी बेलवास सडक खण्डमा अनाधिकृत रुपमा निर्माण सामग्री थुपार्ने, ट्रक, ट्याक्टर पार्किङ गर्ने, पशु चौपायाहरु बाँध्ने, सडकको क्षेत्राधिकार मिची ठेला तथा टङ्की राख्ने कार्यले सफा, सुन्दर र व्यवस्थित गाउँपालिका बनाउने अभियानलाई अवरोध गरेको भन्दै यसलाई हटाउन पालिकाले अनुरोध गरेको हो ।

असोज ८ गतेभित्र सडक किनाराको अवरोध नहटाए कानुन बमोजिम अगाडि बढ्ने गाउँपालिकाले चेतावनीसमेत दिएको छ ।