• १२ मंसिर २०८१, बुधबार

‘उठेर दुई पाइला हिँड्न नसक्ने वृद्ध पनि टिकटका आकांक्षी’

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल । फाइल तस्बिर

काठमाडौं, भदौ २९ गते। सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताउनुभएको छ। 

बुधबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी सङ्गठन, नेपालको घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचनमा टिकटका लिनेहरुले  चर्को दाबी गरिरहेको र यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भएको बताउनुभएको हो।  

उहाँले उठेर दुई कदम पनि हिँड्न नसक्ने वृद्धले समेत टिकटको आकांक्षा राखेको बताउनुभयो। उहाँले टिकट नपाउँदा बेहोस हुने हो कि भन्ने चिन्ता लागेको बताउनुभयो। 

अध्यक्ष नेपालले भन्नुभयो, “अब मङ्सिर ४ गते चुनाव हुन गइरहेको छ। सबैलाई टिकट चाहिएको छ। अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन।  सबै एकदम काबिल भएर आएका छन्। को काबिल, को काबिल छैन ? त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं।”

उहाँले पार्टीका नेता, कार्यकर्तालाई कुनै व्यवसाय  वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराउनुभयो। त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उहाँको भनाइ थियो।