• १३ असोज २०८१, आइतबार

डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन सरकारसँग माग

blog

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल । फाइल तस्बिर

काठमाडौं, भदौ २९ गते । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रूपमा फैलिएको डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।

डेंगु रोगका कारण नागरिकहरूको मृत्यु हुने क्रम बढिरहेको बेला पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको उल्लेख गर्नुहुँदै सांसद सुवालले त्यसबारे संसदलाई जानकारी गराउन स्वास्थ्य मन्त्रालयसँग माग गर्नुभएको हो ।

‘‘कोरोनापछि डेंगु रोगले जनता एकदमै पीडित छन् । अस्पतालहरूमा शय्याको अभाव छ । स्वास्थ्यमन्त्रीज्यूले के छ देशका स्थिति यो त महामारीको रूपमा फैलिँदै छ र स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो । स्वास्थ्य मन्त्रालयका लागि त बजेट धेरै छुट्ट्याइएकै हो ।,’’ सांसद सुवालले भन्नुभयो, ‘‘तर स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन, मन्त्रीज्यूको नेतृत्व देखिएन । यसबारे सदनमा मन्त्रीज्यूलाई तत्काल बोल्ने व्यवस्थाका लागि म सभामुख महोदयसँग आग्रह गर्न चाहन्छु । जनताको मृत्यु भइरहेको छ डेंगुको कारण । यो सामान्य रोग हो । सरसफाइ भइदिएको खण्डमा यो रोगबाट जनताको मृत्यु नहुने पर्ने हो तर सरसफाइ पनि स्वास्थ्य मन्त्रालयले नगरेको देखियो ।’’ 

बुधबार प्रतिनिधिसभा बैठकमा उहाँले सो रोग नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले पनि नेतृत्वदायी भूमिका निर्वाचन गर्न नसकेको आरोप लगाउनुभयो ।

सांसद सुवालले सो रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले सरसफाइको काम समेत गर्न नसेकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सांसद सुवालले स्वास्थ्य मन्त्रालयलाई आवश्यक बजेटको व्यवस्था गरेपनि त्यसको सदुपयोग गर्न नसकेको गुनासो पटकपटक गर्नुभयो ।