• १३ असोज २०८१, आइतबार

राष्ट्रपति भण्डारीबाट पाँच विधेयक प्रमाणीकरण

blog

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएका विधेयक प्रमाणीकरण गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौं, भदौ २८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएका पाँच वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

दुबै सदनबाट पारित भएर प्रमाणीकरणका लागि आएका पाँच विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम मङ्गलबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

राष्ट्रपति भण्डारीले तथ्याङ्कसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो