• १३ साउन २०८१, आइतबार

रारा तालकाे गहिराइ र पानी गुणस्तर सर्वेक्षण सुरु

blog

रारा (महेन्द्र) तालको सर्वेक्षणमा खटिएका कर्मचारीहरू । तस्बिर: हरिकृष्ण ऐडी

मुगु, भदौ २४ गते । नेपालको सबैभन्दा ठूलो रारा (महेन्द्र) तालको गहिराइ र पानीको गुणस्तर सर्वेक्षण  सुरु भएको छ । सर्वेक्षणको लागि विभिन्न संस्थालाई जिम्मेवारी  दिइएको छ ।

राराको सर्वेक्षण गर्न कार्ड – ई–टु सर्भिस –जेड –जेभी प्रालि परामर्शदाता संस्थाले जिम्मेवारी पाएका हुन् । उक्त परामर्शदाता  संस्थाले रारा (महेन्द्र) तालले समेटिएको क्षेत्रफल, गहिराइ, तालको पानीको गुणस्तर र तालको आसपाससम्म फैलिएको  एक सय मिटर भूभागको पुर्णरुपमा वातावरण सम्बन्धी सर्वेक्षण गरी प्रतिवेदन तयार गरी जल तथा मौसमविज्ञान विभागमा पेस गर्ने जम्मा दिइएको छ ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार जल तथा मौसम विज्ञान विभाग काठमाडौँको टेन्डरमा सम्झौता भए अनुसार संस्थालाई जिम्मेवारी दिइएको हो । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख बद्रीविनोद दाहालले रारा (महेन्द्र) तालले समेटिएको क्षेत्रफल र गहिराइको  सर्वेक्षण २०५४ सालमा पहिलो पटक सर्वेक्षण गरिएको बताउनुभयो । उक्त सर्वेक्षणमा तालको गहिराइ र तालले समेटिएको क्षेत्रफल मात्र सर्वेक्षण गरिएको उहाँको भनाइ छ । 

परामर्शदाता कम्पनीका अनुसार पानीले छोएको क्षेत्र भन्दा बाहिर पर्ने चुचेमारा लेकबाट सर्वेक्षण गर्ने उद्देश्यले रारा तालको वरिपरि तीन वटा स्थायी प्वाइन्ट स्थापना गरिएको जनाएको छ । त्यसै गरी  १३ वटा अस्थायी  प्वाइन्ट स्थापना गरिएको छ । जसले गर्दा यी  प्वाइन्टबाट पुनः सर्वेक्षणको निरीक्षणमा सहज हुने उद्देश्यले स्थापना गरिएको छ । 

 इन्जिनियर राम श्रेष्ठका अनुसार रारा (महेन्द्र) तालको सर्वेक्षण नयाँ प्रविधिको माध्यमले अध्ययन गरिएको छ । पहिलो चरणमा रारा (महेन्द्र) तालको भू–अध्ययन दृष्टिकोण सम्पन्न भएका र बुधवारदेखि तालको गहिराइ, लम्बाइ र चौडाइको क्षेत्रफलसम्बन्धी अध्ययन गर्ने कार्य थालनी गरिने श्रेष्ठले बताउनुभयो

Author

हरिकृष्ण ऐडी