काठमाडौं, भदौ १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकलाई सम्मान गर्नुभएको छ ।
बिहीबार राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरेर उहाँले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गर्नुभएका १५ जना चिकित्सकलाई विशेष सम्मान गर्नुभएको हो ।
नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उहाँरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गर्नुभएको हो । संघले गत वर्षदेखि महिला चिकित्सकलाई ‘वुमन इन मेडिसिन इन नेपाल अवार्ड’ दिन सुरु गरेको थियो ।
‘वुमन इन मेडिसिन अवार्ड’ पाउनेमा आस्मा राणा, वसुधा खनाल, कमला बुढाथोकी, लक्ष्मी नानी श्रेष्ठ, मिरा मल्ल, मिथिला शर्मा अधिकारी, रोशना अमात्य, स्वराज प्रधान राजभण्डारी, तीर्थ राणा र उषा शाह हुनुहुन्छ । त्यस्तै ‘वुमन इन मेडिसिन लाइफटाइम’ अवार्ड पाउने विमला ओझा, गीता बस्न्यात, नारायणी श्रेष्ठ, लगायतका चिकित्सक हुनुहुन्छ।