• २८ वैशाख २०८१, शुक्रबार

मानार्थ प्रधान सेनापतिबाट सम्मान गरिने

भारतीय सेना प्रमुख पाण्डे नेपाल आउनुहुँदै

blog

काठमाडौं, भदौ १५ गते । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाका प्रमुख जनरल मनोज पाण्डे नेपाल आउनुहुने भएको छ ।

भदौ १९ गते आइतबार काठमाडौं आउन लाग्नु भएको सेनाध्यक्ष पाण्डेले नेपाली सेनाका परमाधिपतिसमेत रहनु भएको राष्ट्रपति विद्यादेवी भण्डारीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

राष्ट्रपति भण्डारीले एक विशेष समारोहका बीच भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरी सम्मान गर्ने कार्यक्रम रहेको छ ।

विगत सात दशकदेखि नेपाली सेना र भारतीय सेनाबीच मानार्थ सेनापति सम्मान आदान प्रदान गर्ने परम्परा रहँदै आएको छ । नेपाली सेनाका प्रधान सेनापति भारतीय सेनाको मानार्थ स्थल सेनाध्यक्ष तथा भारतीय स्थल सेनाध्यक्ष नेपाली सेनाको मानार्थ प्रधानसेनापति रहने विशिष्ट र ऐतिहासिक परम्परालाई दुवै मुलुकले विशेष प्राथमिकताका साथ निरन्तरता दिँदै आएका छन् । 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष पाण्डेसहितको टोलिले प्रधानमन्त्री एवम् रक्षामन्त्री  शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यसै क्रममा पाण्डेसहितको भारतीय सैनिक टोलिले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने र नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा सम्मान तथा निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि उक्त टोलिले प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ । साथै भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरूप प्रदान हुने विभिन्न प्रकारका सवारी साधन र विविध सामग्रीहरूको हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।

नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष पाण्डेलगायत सेनाको टोलिले नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया गरी मध्य कमाण्ड हेडक्वाटरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

नेपाल र भारतका सेनाबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ सेनापतिको दर्ज्यानी चिह्न प्रदान गर्ने विशिष्ट प्रकारको परम्परा विगत सात दशकभन्दा पहिलेदेखि चल्दै आएको छ ।

वि.सं. २००७ देखि नेपाली सेना र भारतीय सेनाका प्रमुखलाई कदर स्वरूप मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक शुरु भएको थियो । तत्कालीन भारतीय सेनाका फिल्ड मार्सल ९स्थल सेना प्रमुख ० के एम करीअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधान सेनापतिबाट सम्मान गरिएको थियो ।

वि.सं . २०२६ मा नेपाली सेनाका प्रधान सेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको दर्ज्यानी चिह्नसहित सम्मान हुन भएको थियो ।   

यही परम्परालाई निरन्तरता दिँदै भारतीय गत वर्ष नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई राष्ट्रपतिले भारतीय स्थल सेनाध्यक्षको मानार्थ महारथीबाट सम्मान गर्नु भएको थियो ।

यसैगरी सन् २०२० मा भारतीय सेनाका प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलेलाई  नेपाली सेनाको मानार्थ प्रधान सेनापतिबाट सम्मान गरिएको थियो ।

किसिमको मानार्थ महारथी दिने ऐतिहासिक प्रचलनले दुई देशबीचको आपसी सद्भाव र सौहार्द पूर्णसम्बन्ध थप प्रगाढ हुँदै बताउने गरेका छन् ।