• १२ कात्तिक २०८१, सोमबार

केन्यासँग नेपालको लज्जासपद हार

blog

फाइल तस्बिर ।

काठमाडौं, भदौ १३ गते । केन्याविरुद्ध चौथो टी–२० खेलमा नेपालले लज्जासपद हार खेपेको छ । जितमा लागि सामान्य १०२ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा नौ विकेटको क्षतिमा ९४ रनमा समेटियो ।

कमजोर ब्याटिङका कारण नेपाल केन्यासँग सात रनले पराजित भयो । नेपालका लागि रोहित पौडेलले ४७ रन जोड्नु बाहेक अन्या ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपाललाई सस्तैमा समेट्न केन्याका रकिप पटेलले तीन विकेट लिनुभयो । भिराज पटेल, शेम एन्गोचे  र एलिज्ह ओटिनोले दुई दुई विकेट लिनुभयो । 

यसअघि नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १०१ रन बनाएको थियो । 

केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाउनुभयो । कोलिन्स अबुयाले २० र कप्तान शेम एन्गोचेले १३ रन बनाउनुभयो । अन्य खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेका थिएनन् । 

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले पाँच ५ विकेट लिनुभयो । आदिल अन्सारीले दुई तथा साहब आलम र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो । नेपालको यस हारसँगै पाँच खेलको सिरिज २–२ को बराबरी भएको छ । नेपाल यसअघि पहिलो खेलमा पाँच विकेट र तेस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।

तेस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । अब टी–२० सिरिजको अन्तिम तथा निर्णायक खेल मंगलबार हुनेछ । त्यसपछि दुई टोलीबीच भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज हुनेछ ।