• १४ वैशाख २०८१, शुक्रबार

चिर्पटले हिर्काएर ससूराको हत्या

blog

चित्र मिजार
सिन्धुपाल्चोक, भदौ १३ गते ।
चिर्पटले हिर्काएर बुहारीले ससूराको हत्या गरेकी छन् । हेलम्बु गाउँपालिका –१ गोवागाङकी ८० वर्षीया ससूरा कामीढिण्डु लामालाई बुहारी रीता तामाङले चिर्पटले हिकाएर हत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले  घरायसी विवादका कारण बुहारी रीताले ससूरा कामीढिण्डुलाई चिर्पटले हानेर हत्या गरेको जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार कामीढिण्डुको टाउको र शरीरका अन्य विभिन्न भागमा गम्भीर चोट लागेको छ । उपचारका लागि स्थानीय स्वास्थ्य चौकी खार्चुङमा लगिए पनि सोमबार बिहान उनको मृत्यु भएको बुढाथोकीले बताउनुभयो ।

हत्यामा संलग्न रीतालाई पक्राउ गरी थप अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो ।