• २८ वैशाख २०८१, शुक्रबार

एनआरएनएमा एक देश एक परियोजना समिति गठन

blog

अमेरिका, भदौ १३ गते । गैर आवासीय नेपाली संघले एक देश एक परियोजना उपसमिति गठन गरेको छ । संघले आईसिसिका सचिव शंकर खड्काको संयोजकत्वका गठित समितिलाई पूर्णता दिइएको हो ।

समितिमा विश्वभरका एनआरएनए क्षेत्रीय संयोजक तथा एनसिसि अध्यक्षहरू रहेका रहेका छन् । समितिले पूर्णता पाएसङै संघले नयाँ परियोजनाका कामहरू अघि बढाउने सचिव तथा संयोजक शंकर खड्काले बताउनुभयो । विस्तारित समितिमा पाँच सदस्यीय सल्लाहकारहरू रहेका छन् । जसमा आस्था विन्दु मल्ल दक्षिण कोरिया, श्रद्धा ज्ञवाली नेपाल, विजय मोक्तान जर्मनी, डा विनोद शाह अमेरिका र कृष्ण गिरी अष्ट्रेलिया रहेका छन् ।

त्यसैगरी शंकर खड्का संयोजक तथा सहसंयोजकमा एसिया प्यासिफिकबाट पारसमणि पोख्रेल, मिडिल इस्टबाट मनोज गोर्खाली, अफ्रिकाबाट राजकुमार थापा, अमेरिका क्षेत्रबाट प्रकाश सापकोटा, युरोपबाट सन्तोष भट्टराई, ओसियानाबाट दिनेश जोशी र सदस्य सचिवमा अमेरिकाबाट होमप्रसाद लम्साल रहेका छन् ।