• १२ असार २०८१, बुधबार

नेवार समुदायमाथि आघात पुर्‍याएको आरोपमा कमेडियन सिंह पक्राउ

blog

कमेडियन अपूर्व क्षितिज सिंह ।

काठमाडौं, भदौ १२ गते। कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ परेका छन् । नेवार समुदायको आस्था र संस्कृतिमाथि आघात पुर्‍याएको आरोपमा सिंहलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो। 

केही दिनअघि ‘कमेडी क्याफे’ नामक ‘स्ट्यान्ड अप कमेडी’मा कमेडियन सिंहले नेवार समुदायलाई लक्षित गर्दै कमेडी गरेपछि विवाद भएको थियो। 

विवादपछि सिंहले माफी माग्दै युट्युवबाट भिडियोसमेत हटाउनुभएको छ । माफी मागेर भिडियो हटाए पनि नेवार संस्कृतिको मजाक उडाएको भन्दै सिंहको विरोधपछि प्रहरीमा उजुरी परेको थियो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सिंहलाई आइतबार बिहान नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। थप अनुसन्धानका लागि  सिंहलाई म्याद थप गरेर प्रक्रिया अगाडि बढाउने मैनालीको भनाइ छ।