• १२ मंसिर २०८१, बुधबार

फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहयोग

blog

काठमाडौँ, भदौ ३ गते । काठमाडौँ उपत्यकाको फोहोर सङ्कलन तथा व्यवस्थापनमा नेपाल टिप्पर तथा ट्रक व्यवसायी समिति र निर्माण कम्पनीले सवारीसाधन उपलब्ध गराएर सहयोग गरेको छ । काठमाडौँ महानगरका साधन सीमित रहेका कारण निजी क्षेत्रको व्यवस्थापन सहयोगमा २८४ टिप्पर फोहोर बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा विसर्जन गरिएको छ । 

काठमाडौँको चोक, सडकपेटी र टेकुस्थित फोहोर ट्रान्सफर स्टेसनमा थुप्रिएको फोहोरलाई बन्चरेडाँडासम्म पु-याई त्यसको व्यवस्थापनमा उनीहरूले सहयोग गरेका हुन् । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले टिप्पर, ट्रकजस्ता ठूला मेसिनरीका व्यवसायीको सहयोगले मात्रै छोटो समयमा धेरैभन्दा धेरै फोहोर उठाउन सकिन्छ भन्ने आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गरेकामा धन्यवाद दिनुभएको छ । 

बिहीबार नेपाल टिप्पर तथा ट्रक व्यवसायी समितिका १८ वटा, समानान्तर निर्माण सेवाका ३० वटा टिप्परले फोहोर ढुवानीमा सहयोग गरेका हुन् । फोहोर ट्रान्सफर स्टेसनमा थुप्रिएको फोहोर बन्चरेडाँडा लैजाने काम बिहीबारबाट नै सुरु भएको हो । 

काठमाडौँ महानगरका १२ वटा टिप्परसहित बिहीबार २८४ टिप्पर फोहोर बन्चरेडाँडा पु-याई विसर्जन गरिएको छ । त्यसमध्ये ६० टिप्पर टेकुस्थित फोहोर ट्रान्सफर स्टेसनबाट ढुवानी गरिएको छ । केही महिनादेखि काठमाडौँमा बनेको फोहोरको 

‘जग’ नभत्किएसम्म समिति र निर्माण सेवाले टिप्पर दिएर सहयोग गर्ने प्रतिबद्धता जनाएको काठमाडौँ महानगर प्रमुखका सल्लाहकार सुनिल लम्सालले बताउनुभयो ।