• ८ वैशाख २०८१, शनिबार

गुल्मीका नायब सुब्बा धर्नामा

blog

गुल्मीका विभिन्न कार्यालयमा कार्यरत नायब सुब्बाहरु धर्नामा ।

तिलाचन पाण्डे
तम्घास, साउन २४ गते । 
असमान रुपमा भएको तलब वृद्धिको विरोधमा गुल्मीका विभिन्न कार्यालयमा कार्यरत नायब सुब्बाहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

निर्वाचन कार्यालयका नासु मेघलाल पाण्डेले सबै काम नायब सुब्बाले गर्नुपर्ने र कार्यालय धान्नुपर्ने अवस्था हुँदा पनि राज्यले नासुहरुलाई विभेद गरेकाले आन्दोलनमा जान बाध्य भएको बताउनुभयो ।

विभिन्न कार्यालयमा कार्यरत नासुहरु जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेपछि कार्यालयहरुबाट सम्पादन हुने कामहरु प्रभावित भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटमा रहनुभएका नासु मेघप्रसाद पोखरेल धर्नामा बस्नुभएपछि सो फाँटमा काम रोकिएको छ । नागरिकता बनाउन आएका व्यक्तिहरु कर्मचारीको प्रतीक्षामा बसेका छन् ।

यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले केही समय उहाँहरुको कार्यक्रममा सरिक भए पनि कामहरु भने नरोकिने दाबी गर्नुभयो ।

सो धर्नामा जिल्लास्थित कार्यालयहरुका खरिदार र नायब सुब्बाहरुको उपस्थिति छ ।