• १२ असार २०८१, बुधबार

पहिचान समेटिएको आदिवासी जनजाति सङ्ग्रहालय

blog

केशब गुरुङ/ मनोजरत्न शाही

काठमाडौं, साउन २४ गते । आज मङ्गलबार (साउन २४ गते) २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस । आदिवासी जनजातिले विभिन्न कार्यक्रमहरु गरेर यो दिवसलाई बर्सेनि भव्य रुपमा मनाउँदै आएका छन् । सरकारले ५९ जातिलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ । यी जातिहरुको पहिचान झल्कने गरी सरकारले आदिवासी जनजाति सङ्ग्रहालय निर्माण गरेको छ । 

यो सङ्ग्रहालयले आदिवासीकै पहिचानको रुपमा देख्न पाइन्छ । मुलवासीको रुपमा पहिचान दिने आदिवासी जनजातिहरु नेपालको पहिचान दिने जातिहरुको रुपमा चिनिन्छ । यी जातिहरुले आफ्नो भाषा, परम्परागत संस्कृति, रीतिरिवाज, रहनसहन, चालचलन र आफ्नो पहिचान झल्कने संस्कृतिलाई संरक्षण गर्दै आएका छन् । आदिवासी सङ्ग्रहालयबाट गोरखापत्र अनलाइनकर्मी केशब गुरुङ र मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो रिपोर्ट:


भिडियोः   केशब गुरुङ्ग / मनोजरत्न शाही