• १२ असार २०८१, बुधबार

पहिरोले दुई घर पूर्ण क्षति, दर्जन बस्ती उच्च जोखिममा

blog

गएरातीको पहिरोले उच्च जोखिममा पारेको चौतारा साँगचोकगढी नगरपालिकाको ठूलोसिरुवारी जङगलछाप बस्ती ।

सिन्धुपाल्चोक, साउन २४ गते । चौतारा साँगचोकगढी नगरपालिका ठूलोसिरुवारी जङगलछापमा पहिरो जाँदा दुई घरमा क्षति पुगेको छ । सोमबार राती पानीसँगै गएको पहिरोका कारण १२ घर उच्च जोखिममा परेको छ । 

नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बस्ती सुरक्षित स्थानमा सार्न लागिएको जानकारी दिनु भयो । पहिरोका कारण मानवीय क्षति भने नभएको उहाँले जानकारी दिनुभयो । पहिरोका कारण सिन्धुपाल्चोकका दुई दर्जन बढी बस्ती उच्च जोखिममा परेका छन् ।

पहिरोले यो बर्ष मेलम्ची नगरपालिका –२ निबुगाउँका १६ घर उच्च जोखिममा पारेको छ । साउन २० गते घरमूनिको पहिरोले निबुगाउँलाई उच्च जोखिममा बनाएपछि मेलम्ची नगरपालिकाले सुरक्षित स्थानमा टेण्ट हालेर राखिएको मेयर आइतमान तामाङले जानकारी दिनुभयो । 

हेलम्बु गाउँपालिका –५ सिरिसेका १० घर पहिरोले उच्च जोखिममा पारेको छ । उक्त घरहरुलाई सुरक्षित स्थानमा सारिने सो गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनु भयो । बाह्रबिसे नगरपालिका –९ राम्चेको डाँडाबिसौनाका चार घर जोखिममा पारेको छ । उक्त घरहरुलाई सुरक्षितका लागि नगर र जनप्रतिनिधि काम गरिरहेको मेयर बालकृष्ण बस्नेतले जानकारी दिनु भयो । 

जुगल गाउँपालिका –५ मगरनाम्सा गाउँमा पहिरोले नौ घर उच्च जोखिममा पारेको छ । सो गाउँपालिकाका अध्यक्ष रेशम स्या्ङबोले उक्त बस्तीलाई सुरक्षित स्थानमा सारिने काम थालिएको बताउनु भयो । 

Author

चित्र मिजार