• १२ असार २०८१, बुधबार

महापुरुष कात्तिकमा

blog

काठमाडौँ, साउन २४ गते । चलचित्र ‘महापुरुष’ को पहिलो ‘लुक’ पोस्टरसहित प्रदर्शन मिति तय भएको छ। महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र आगामी कात्तिक ११ गते प्रदर्शन हुने भएको छ। प्रचारका लागि निर्माण पक्षले दुईवटा पोस्टर सार्वजनिक गरेको छ। दुवै पोस्टरमा हरिवंश आचार्य हुनुहुन्छ। एउटा पोस्टरमा भने भने हरिवंश र गौरी मल्ल बेहुला बेहुलीको भेषमा भागिरहेको देख्न सकिन्छ।

षट्कोण आट्र्सको प्रस्तुति रहेको चलचित्रको निर्माता दिपेश खत्री हुनुहुन्छ। रवीन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेको चलचित्रमा प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको छ।

यस चलचित्रमा हरिवंश आयार्य, मदनकृष्ण श्रेष्ठ र रवीन्द्र सिंहका साथै गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना क्षेत्री, शिखा तामाङलगायतका कलाकारको अभिनय रहेको छ।