• ५ साउन २०८१, शनिबार

चार ठाउँमा डिपो विस्तार गर्दै खाद्य कम्पनी

blog

काठमाडौँ, साउन २४ गते । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कार्यालय नभएको दुर्गम ठाउँमा डिपो विस्तार गर्न लागेको छ । 

चालू आर्थिक वर्षको बजेटमार्फत कम्पनीको पुनर्संरचना गरी प्रदेश र स्थानीय सरकारको सेयर लगानीसहित प्रदेश र स्थानीय तहमा कृषिउपज खरिद बिक्रीको कार्य गर्ने गरी शाखा विस्तार गरिने उल्लेख छ । सोहीअनुसार कम्पनीले पूर्वीरुकुुम र दार्चुला जिल्लाका आवश्यक ठाउँमा दुुई÷दुईवटा डिपो स्थापना गर्न लागेको हो । 

यसका लागि एक करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । दार्चुुला टिङ्कर र अपिहिमाल गाउँपालिकाको नौगाडमा नयाँ डिपो स्थापना गरिनेछ । यस्तै पूर्वीरुकुुम जिल्लामा आवश्यक स्थानमा दुईवटा डिपो विस्तार गरिने कम्पनीले जनाएको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले कम्पनीको डिपो नभएको ठाउँमा सेवा विस्तार गर्नका लागि नयाँ डिपो स्थापना गर्न लागिएको जानकारी दिनुुभयो । 

दुुर्गम क्षेत्रका जनतालाई चामल उपलब्ध गराउन कार्यलय स्थापना गर्न लागिएको उहाँले जानकारी दिनुुभयो । सुुगम जिल्लामा निजी क्षेत्रबाट खाद्यान्न जाने भएकाले दुुर्गम जिल्लाका जनतालाई सुपथ मूूल्यमा चामल उपलब्ध गराउन डिपो विस्तार गर्न लागिएको उहाँले जानकारी दिनुुभयो ।  हालै उद्योग वाणिज्य तथा आपूूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाको छाङरुमा रहेको डिपोको पुनस्र्थापना गर्नुुभएको थियो । २०५० देखि २०६२ सालसम्म सञ्चालन भए पनि २०६३ देखि बन्द थियो । सार्वजनिक पाँच स्थानमा डिपो र वितरण केन्द्रबाट सहुलियत मूूल्यमा खाद्यान्न वितरण हुँदै आएकामा थप सातवटा स्थापनामा डिपो स्थापना गरिएको मन्त्री बडूले जानकारी दिनुुभयो । 

कम्पनीको हाल सात प्रदेशका साथै विभिन्न जिल्लामा २८ वटा शाखा कार्यालय र २५ वटा डिपो रहेका छन् । कम्पनीले विभिन्न दुुर्गम २४ जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएको छ । कर्मचारी अभावले कतिपय ठाउँमा डिपो बन्द भएकाले ठेकेदार आफैँले स्थानीय प्रतिनिधिको रोहवरमा चामल बिक्री गर्ने गरेको कम्पनीले जनाएको छ । 

हाल कम्पनीसँग एक लाख ९० मेट्रिक चामल भन्डारण गर्ने क्षमता भए पनि हाल ७० हजार मेट्रिक टन मात्र मौज्दात रहेको छ । राष्ट्रिय खाद्यान्न सुरक्षा भन्डारणमा २५ हजार मेट्रिक टन र सार्क फुड बैङ्कमा आठ हजार मेट्रिक टन चामल भन्डारण रहेको कम्पनीले जनाएको छ ।