• ८ वैशाख २०८१, शनिबार

“सम्झनामा राजबहादुर सिंह” कृतिको लोकार्पण

blog

“सम्झनामा राजबहादुर सिंह” कृतिको लोकार्षण गरिँदै । तस्बिर : युवा तथा खेलकुद मन्त्रालय

काठमाडौं, साउन २१ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा राष्ट्रिय खेलाडी राजबहादुर सिंहको स्मृतीमा प्रकाशित “सम्झनामा राजबहादुर सिंह” कृतिको लोकार्पण गर्नुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमबीच मन्त्री अथकले उक्त कृति बिमोचन गर्नुभएको हो ।

कृति बिमोचन गर्दै मन्त्री अथकले सिंहले नेपाली खेल क्षेत्रको विकासमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । नेपाली खेलकुद क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएका सिंहको ब्यक्तित्वबाट नयाँ पुस्ताका खेलाडीहरुलाई प्रेरणा मिल्ने उल्लेख गर्दै मन्त्री अथकले अग्रजलाई सम्मान र नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभयो । 

खेल क्षेत्रमा आफ्नो मुल्यवान जीवन बिताएका अग्रज खेलाडीलाई राज्यले उचित सम्मान दिनुपर्ने उल्लेख गर्दै मन्त्री अथकले सिंहको सम्मानकालागि छुट्टै कोष स्थापना गर्न पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । 

सिंहकी श्रीमती पद्मावती सिंहले उक्त कृति प्रकाशन गर्नुभएको हो । कृति बिमोचन कार्यक्रममा सिंहका समकालीन खेलाडी, साहित्यकार तथा सुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।