• ४ साउन २०८१, शुक्रबार

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

blog

चितवन, साउन १७ गते । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको चार स्थानमा पहिरो खस्दा गएराति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ । 

भारी वर्षाका कारण  सडकखण्डको भरतपुर -२९ केराबारी,  ईच्छाकामना -६,  त्यस्तै सत्रकिलोमा पहिरो गएपछि बाटो अवरुद्ध भएको हो । पहिरो गएपछि पन्छाउने प्रयास भएपनि वर्षा नरोकिएका कठिन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । 

लेदो सहित रुख समेत खसेकाले पहिरो पन्छाउन कठिन भएको छ । बाटो अवरुद्ध भएपछि राजधानी, पोखरा जाने आउने सवै यातायात रोकिएका छन् । पहिरो पन्छाउन दुईवटा जेसिभी प्रयोग भएका छन् । ठूलो पहिरो खसेका कारण सडक सूचारु हुन समय लाग्ने प्रहरीले जनाएको छ ।


Author

शालिग्राम नेपाल