• ४ साउन २०८१, शुक्रबार

नारायणी नदीमा खसेर एक जना बेपत्ता

blog

शालिग्राम नेपाल 

चितवन, साउन १२ गते । चितवनको जोरकुसुममा पार्कको डिलमा सफा गर्दै गरेका एक जना पुरुष नारायाणी नदीमा खसेर बेपत्ता भएका छन्। 

नारायणगढ बजारबाट उत्तरतर्फ रहेको जोरकुसुम पार्कमामा घाँसपात सफा गर्दै गरेका भरतपुर-२ क्षेत्रपुर घर भएका ४५ वर्षीय रमेश खनाल नारायणी नदीमा खसेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिनुभयो। 

नारायणी नदीको डिलमा रहेको पार्क पर्यटकीय क्षेत्र हो। यहाँ बिहान बेलुका स्थानीयको भीड लाग्ने गर्दछ। नारायणी नदीको डिलमा बोटाविरुवा लगाइएको छ। त्यही विरुवाको घाँसपात सफा गर्दा गोरखा आरुघाट घर भएर क्षेत्रपुरमा बस्दै आउनु भएका खनाल साँझ ५ बजे चिप्लिनुभएको हो। 

बेपत्ता खनालको खोजी कार्य भइराखेको प्रहरीले जानकारी दिएको छ।