• ४ साउन २०८१, शुक्रबार

आइसीयू/भेन्टिलेटरमा ३६ सङ्क्रमित, कुन प्रदेशमा कति ?

blog

काठमाडौं, साउन १२ गते । नेपालमा कोरोना सङ्क्रमणदर बढेसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको छ ।

बिहीबार देशभर ७१० जनामा कोरोना पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार २३६ पुगेको छ ।

सक्रिय सङ्क्रमितमध्ये चार हजार ८० जना होम आइसोलेसनमा छन् भने १५६ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

संस्थागत आइसोलेसनमा उपचाररत सङ्क्रमितमध्ये ३३ जना आइसीयू र तीनजना भेन्टिलेटरमा छन् ।

आइसीयू र भेन्टिलेटरमा रहेकामध्ये प्रदेश १ मा ५२३ जना होम आइसोलेनमा, ४० जना संस्थागत आइसोलेसनमा र ५ जना आइसीयूमा उपचाररत छन् ।

मधेश प्रदेशमा १०२ जना होम आइसोलेसनमा रहेका छन् ।

त्यसैगरी, बाग्मती प्रदेशमा दुई हजार ८९६ जना होम आइसोलसनमा, १०८ जना संस्थागत आइसोलेसनमा, २५ जना आइसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।

ग्ण्डकी प्रदेशमा ३०७ जना होम आइसोलेसनमा, चारजना संस्थागत आइसोलेसनमा र दुई जना आइसीयूमा छन् ।

लुम्बिनी प्रदेशमा १४७ जना र कर्णली प्रदेशमा २७ जना होम आइसोलसनमा रहेका छन् ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा ७८ जना होम आइसोलसनमा र चार जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

सक्रिय सङ्क्रमित पाँच सयभन्दा बढी भएको जिल्ला काठमाडौं रहेको छ । काठमाडौंमा दुई हजार २२९ जना सक्रिय सङ्क्रमित छन् ।

दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला मोरङ, ललितपुर र कास्की गरी तीन रहेका छन् भने पाँच जिल्लामा शून्य सङ्क्रमित छन् ।

कोरोना सङ्क्रमण सुरु भएदेखि हालसम्म आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा नेपालमा  ११ लाख २७ हजार ५९४ जनामा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये नौ लाख ६९ हजार २१९ जना सङ्मणमुक्त भएका छन् । नेपालमा सङ्क्रमण मुक्त हुने दर ९८.४ प्रतिशत छ ।

२४ घण्टामा दुईजना सङ्क्रमितको मृत्यु भएसँगै नेपालमा मृत्यु हुने सङ्क्रमितको सङ्खया ११ हजार ९६२ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङमा उल्लेख छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको छ ।