विनय कर्ण
बोदेबर्साइन (सप्तरी), वैशाख १४ गते । सप्तरीको बोदेबर्साइन नगरपालिका क्षेत्रमा कार्यरत एक सशस्त्र प्रहरी हवलदारको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण मुख्यालय सप्तरी अन्तर्गत कार्यरत बारा जिल्लाको पचरौटा नगरपालिका वडा नम्बर ८ घर भएका ३८ वर्षीय सशस्त्र प्रहरी हवल्दार जितेन्द्रकुमार यादवको मृत्यु भएको हो ।
बोदेबर्साइन नगरपालिका वडा नम्बर ५ स्थित फोब (एफओबी) बोदेबर्साइनमा कार्यरत रहेका यादव अचेत अवस्थामा भेटिनुभएको थियो ।
उहाँलाई तत्काल उपचारका लागि स्थानीय जीवन ज्योति अस्पताल बोदेबर्साइन लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पठाइएको थियो । अस्पताल पुर्याएपछि चिकित्सकले ईसिजी परीक्षण गर्दा बिहान ४ः२५ बजे मृत घोषणा गरेको प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिनुभयो ।