• ५ वैशाख २०८३, शनिबार

गुल्मीको रामराज्य माविले हीरक महोत्सव मनाउँदै

blog

इस्मा गाउँपालिका–४ को रामराज्य मावि । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), वैशाख ५ गते ।
गुल्मीको इस्मा गाउँपालिका–४ को रामराज्य माविले हीरक महोत्सव मनाउने भएको छ । विद्यालय स्थापना भएको ६० वर्ष पुराको अवसरमा आगामी जेठ ११ देखि १५ गतेसम्म हीरक महोत्सव आयोजना गरेको छ ।

महोत्सवलाई सफल बनाउन विद्यालय व्यावस्थापन समिति अध्यक्ष चन्द्रबहादुर महतको संयोजकत्वमा १६१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको विद्यालयका प्रध्यानाध्यापक जगतबहादुर खड्काले जानकारी दिनुभयो । त्यस्तै महतकै संयोजकत्वमा १७ सदस्यीय सचिवालय गठन गरिएको छ । सचिवालयको आगामी वैठकले महोत्सवका योजनाहरु तय गर्नेछ ।

त्यस्तै, हीरक महोत्सव मुल आयोजक समितिको बैठकले डम्बरबहादुर बिष्टको संयोजकत्वमा आर्थिक संकलन उपसमिति र कृष्णप्रसाद रिजालको संयोजकत्वमा भौतिक व्यावस्थापनसहित १३ भन्दा बढी उपसमिति गठन गरेको छ । महोत्वको अवसरमा सम्मान, विविध साँस्कृतिक कार्यक्रम तथा बौद्धिक स्तरका खेलहरु सञ्चालन हुनेछन् ।

यो विद्यालय रामराज्य मिडिल स्कुलको रुपमा २०२२ सालमा स्थापना भएको थियो । बिद्यालयले २०३१ सालमा स्थायी स्वीकृति प्राप्त गरेको थियो । त्यसपछि २०४४ सालबाट माद्यामिक तहको अध्यापक सुरु गरेर २०५२ सालदेखि माद्यामिक तहको स्थायी स्वीकृति प्राप्त गरेको प्रध्यानाध्यापक खड्काले बताउनुभयो ।

यसैगरी, यस विद्यालयले २०६५ साल असार १६ गतेबाट उच्च मावि तहको अस्थायी सम्बन्धन प्राप्त गरेको थियो । अहिले रामराज्य माविमा कक्षा बालविकासदेखि कक्षा १२ सम्म कुल ५१४ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।