बेलायत, वैशाख ३ गते । बेलायतले युक्रेनको आत्मरक्षामा सघाउन सहयोग घोषणा गरेको छ । जसमा कम्तिमा एक लाख २० हजार ड्रोनसहित, आर्थिक विकासलाई बढावा दिने र बेलायत भित्र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जनाइएको छ ।
घोषणा बेलायतका रक्षा सचिव जोन हेलीको युक्रेन रक्षा सम्पर्क समूहको ३४ औँ बैठकको लागि बर्लिन गएको अवसरमा भएको जनाइएको छ । जसमा जर्मन रक्षा मन्त्री बोरिस पिस्टोरियस, युक्रेनी रक्षा मन्त्री मिखाइलो फेडोरोभ र नेटो महासचिव मार्क रुटसँगै ५० वटा देश समावेश छन् ।
प्याकेजमा लामो दूरीको ड्रोन, टोही र खुफिया ड्रोन, र रसद समर्थन ड्रोन समावेश रहेको जनाइएको छ भने ड्रोन पठाउने अभियान सुरु भइसकेको जनाइएको छ । ड्रोनले युक्रेनको प्रतिआक्रमण अपरेशनमा साथै चलिरहेको रूसी आक्रमण विरुद्ध रक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।
बेलायती कम्पनीको समर्थनमा गरिएको यो सहयोगमा लगानीको अधिकांश भाग बेलायतमा आधारित फर्मद्वारा निर्देशित हुने र युक्रेनको सुरक्षा र सार्वभौमिकतालाई सुदृढ पार्दै रोजगारी सिर्जनामा योगदान पुग्ने आशा गरिएको छ । यो सहयोगमा बेलायतले युक्रेनलाई प्रदान गरेको सबै भन्दा ठुलो सहयोग भएको उल्लेख गदै रक्षा सचिवले सयौँ हजार तोप र हजारौँ हवाई रक्षा मिसाइलको प्रावधानको पुष्टि गर्नु भएको छ ।
सहयोग बेलायत र युक्रेनबिच गत महिना भएको नयाँ रक्षा साझेदारी सम्झौता पछि आएको हो, जसको उद्देश्य ड्रोन जस्ता कम लागत, उच्च दक्षता सैन्य प्रविधिको प्रसारको प्रतिक्रियामा विश्वव्यापी रक्षा क्षमता सुदृढ पार्नु हो । रासस/क्यूएनए