• २ वैशाख २०८३, बुधबार

नगरस्तरीय किशोरी फुटबल मेयर कप सुरु

blog

खेलअघि सहभागि टोली । तस्बिर : गोरखापत्र

प्रवीण कुमार शर्मा

रौतहट, वैशाख २ गते । रौतहटको चन्द्रपुर नगरपालिकामा नगरस्तरीय किशोरी फुटबल मेयर कप सुरु भएको छ । 

बुधबार भएको पहिलो खेलमा वडा नं. १ ले वडा नं. ३ लाई ५–० गोलले हरायो । वडा नं. १ को जितका तीन गोल गर्नुभएका कल्पना जिम्बा प्लेयर अफ दि म्याच हुनुभयो । 

हाम्रो गोल, लैङ्गिक हिंसाविरुद्ध बोल भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिता वैशाख ७ गतेसम्म चल्नेछ ।