रामकृष्ण बोहरा
बागलुङ, बैशाख १ गते । बागलुङ नगरपालिका वडा न.१ को कार्यालय रामरेखाले ज्येष्ठ नागरिकलाई सहयोग गरेको छ ।
वडाका ७० वर्षीय ज्येष्ठ नागरिकलाई लामखुट्टेबाट बच्न झुल, पानी तातो बनाउन थर्मस र कप लगायतका सामाग्री सहयोग गरिएको हो ।सामाग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष जयबहादुर केसीले ज्येष्ठ नागरिकको सम्मान स्वरुप विभिन्न सामाग्री सहयोग गरिएको बताउनुभयो ।
उहाँले ज्येष्ठ नागरिक समाजका महत्वपूर्ण धरोहर भएको चर्चा गर्दै सम्मानस्वरूप सामाग्री वितरण गरिएको बताउनुभयो ।
‘‘उहाँहरूसँग ज्ञान छ, अनुभव छ, समाजको विकास र रूपान्तरणमा ज्येष्ठ नागरिकको महत्वपूर्ण भूमिका रहन्छ’’ केसीले भन्नुभयो, ‘‘ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्छ ।’’
आर्थिक बर्ष २०८२÷८३ मा विनियोजित एक लाख रुपियाँबाट वडाले ५० जना ज्येष्ठ नागरिकलाई सामाग्री सहयोग गरेको हो । वडाले गत वर्ष ज्येष्ठ नागरिकलाई हिँड्डुल गर्न सहयोग पुर्याउने उद्देश्यले लठी सहयोग गरेको थियो ।फोटो क्याप्सन