• ६ पुस २०८१, शनिबार

एसपीपी कार्यान्वयन नगर्ने निर्णयबारे अमेरिकालाई जानकारी गराइएन : सांसद रावल

blog

फाइल तस्बिर

काठमाडौं, साउन ८ गते । नेकपा (एमाले) का सांसद भीमबहादुर रावलले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी)को सम्बन्धमा अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसद्लाई जानकारी दिन सरकारले आनाकानी गरेको आरोप लगाउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद रावलले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकालाई जानकारी नगराइएको बताउनुभयो ।

उहाँले पत्र पठाए–नपठाएको सम्बन्धमा संसदमा जानकारी गराउन सभामुखले गरेको निर्देशन पनि सरकारले नमानेको दाबी गर्नुभयो ।

सभामुख र संसदीय समितिको निर्देशन सरकारले नसुनेको भन्दै उहाँले सरकारले श्रवणशक्ति गुमाएको टिप्पणी गर्नुभयो ।

त्यस्तै, सांसद रावलले बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकको समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।