• ८ वैशाख २०८१, शनिबार

रुखमा झुण्डिएको अवस्थामा तीन किशोरी मृत फेला

blog

काठमाडौं, साउन ८ गते । झापाको कचनकवल गाउँपालिका–५ स्थित सुनकोशी चिया बगान नजिक रहेको रुखमा तीनजना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् । 

सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुण्डिएको अवस्थामा पञ्चम गणेशका १६ वर्षीया छोरी करिना, पुवालु गणेशका १७ वर्षीया छोरी अन्जली र वीरबल गणेशका १७ वर्षीया छोरी कल्पनाको शव आइतबार बिहान ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता वसन्त पाठकका अनुसार शनिबार मध्याह्न १२ बजे तीनजना घुम्न जाने भनेर घरबाट हिँडेका थिए ।

उनीहरू बेलुकासम्म सम्पर्कमा नआएपछि खोजतलास गर्ने क्रममा आइतबार बिहान ८ बजे झुण्डिएको अवस्थामा फेला परेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता पाठकले जानकारी दिनुभयो ।