• १५ चैत २०८२, आइतबार

लुम्बिनी प्रादेशिक अस्पताल लगातार उत्कृष्ट

blog

बुटवल समाचारदाता

बुटवल, चैत १५ गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले ‘सेकेन्डरी बी’ लेभल अस्पतालको उक्त मूल्याङ्कनमा सुधार गर्दै ९० अङ्कसहित लगातार तेस्रो पटक नेपालमै पहिलो हुन सफल भएको हो । गत वर्ष पनि यो अस्पतालले ८९ अङ्क प्राप्त गरेर नेपाल प्रथम हुन सफल भएको थियो । अस्पतालमा आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा अस्पतालमा उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्तिलगायतका बारेमा जानकारी गराइएको थियो । यस अस्पतालसँगै भक्तपुर अस्पतालले समेत समान ९० अङ्क प्राप्त गरेको छ । सोही अवसरमा अस्पतालले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले सरकारी अस्पतालमा सेवा लिन जाँदा नाक खुम्च्याउनुपर्ने अवस्थाको अन्त्य हुँदै गएको बताउनुभयो ।