• १५ असार २०८१, शनिबार

राष्ट्रियतामाथि गम्भीर खतरा छ : नेता खनाल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ५ गते । नेकपा (एकीकृत समाजवादी) का सांसद एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकको राष्ट्रियतामाथि गम्भीर खतरा मडारिरहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभयो । 

सांसद खनालले एसपीपी लिन्न भनेर मन्त्रीपरिषद्ले निर्णय गरिसकेपछि पनि के कारणले पत्राचार गर्न रोकियो उहाँले प्रश्न गर्नुभयो । देशको क्याबिनेटभन्दा बाहिर कार्यकारी अधिकार छ  र ? भन्दै उहाँले प्रश्न गर्नुभयो । नेता खनालले एसपीपीको बारेमा अमेकिरालाई पत्र तत्काल लेखेर जनताको भावनाको कदर गर्न पनि सरकारसँग आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘यतिबेला हाम्रो देशमा धेरै समस्याहरु गम्भीर बन्दै गएका छन् । मुलुकको राष्ट्रियता सामु अनेक प्रकारका खतरा मडारिरहेका छन् । हामीले एसपीपी लिन्नौँ भनेर भनिसकेका छौं । मन्त्रीपरिषद्ले पनि निर्णय गरेको छ । तर अहिलेसम्म पत्राचार के कारणले हुन नसकेको हो ?”