• २८ फागुन २०८२, बिहिबार

बास्केटबल लिग : कीर्तिपुर र सोलो विजयी

blog

काठमाडौँ, फागुन २८ गते । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) माा आईआईएमएस कीर्तिपुर र सोलो बास्केटबलले विजयी सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्स्थित कभर्डहलमा बुधबार राति भएको खेलमा कीर्तिपुरले रोएल्सलाई ८१–६१ ले हरायो । कीर्तिपुरले २०–१५, २०–१३, १८–१९, २३–१४ को नतिजा निकालेको थियो । कीर्तिपुरका लागि प्रशान्त महर्जनले १३ अङ्क बनाउनुभयो । उहाँ एमभिपी घोषित हुनुभयो ।

यस्तै अर्को खेलमा सोलो बास्केटबलले प्लेबक्स एरेनालाई ६८–६५ ले हरायो । तीन क्वार्टरमा पछि परेपनि सोलोले तेस्रो क्वार्टरमा बनाएको २६–१४ को अग्रता नै जितका लागि प्रयाप्त बन्यो ।

पहिलो, दोस्रो र चौथो क्वार्टर क्रमश: १५–११, २०–१९ र १६–१२ आफ्नो पक्षमा पारेपनि जितलाई पर्याप्त भएन । सोलोका प्रगुन महर्जनले ३० अङ्क बनाउनुभयो । उहाँ एमभिपी बन्नुभयो ।