शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २८ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजानमा चैत ४ गतेदेखि शहिद स्मारक एन्फा महिला लिग हुने भएको छ ।
लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । एन्फाले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार एनआरटी र संकटाबिच पहिलो खेल तय भएको हो ।
लिगका खेलहरु च्यासल मैदानमा हुनेछ । सोही दि अर्को खेलमा विभागीइ टोली त्रिभुवन आर्मी क्लब र झापा एफसी भिड्नेछन् । लिगमा १० टोलीको सहभागिता रहने छ ।
वैशाख १२ गतेसम्म सञ्चालन हुने लिगका खेलहरु सिंगल राउन्ड रोविनका आधारमा हुनेछ । जसमा ४५ खेल हुनेछन् । विभागीय टोली एपिएफ साविक विजेता हो ।