शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जेनेभा, फागुन २७ गते । स्विट्जरल्यान्डको पश्चिमी क्षेत्र फ्रिबोर्ग क्यान्टोनस्थित केरजर्समा मङ्गलबार साँझ बसमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । क्यान्टोनल प्रहरीका अनुसार घाइतेमध्ये एक उद्धारकर्मीसहित तीन जनाको अवस्था गम्भीर रहेको छ ।
प्रहरीले घटनामा अन्य कुनै सवारी साधन संलग्न नभएको जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार मानवीय कारणले आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीका अनुसार यो घटना जानाजानी गराइएको हुन सक्ने सम्भावनासमेत अनुसन्धानमा रहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा