• २३ फागुन २०८२, शनिबार

स्याङ्जा-२ मा नेकपा(एमाले) को प्रारम्भिक अग्रता

blog

मतगणना चल्दै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ (स्याङ्जा), फागुन २२ गते । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत स्याङ्जा क्षेत्र नं. २ मा मतगणना भइरहेको छ । दिउँसो अबेर गरि सुरु भएको मतगणनामा नेकपा(एमाले)का खिमबहादुर थापाले अग्रता लिनुभएको छ । उहाँले ९४३ मत ल्याउनुभएको छ भने रास्वपाका झविलाल डुम्रेले ३६७, नेपाली कांग्रेसका भागवत प्रकाश मल्लले १३८, नेकपाका पदम विकले ३४ मत पाउनुभएको छ । 

कालीगण्डकी गाउपालिकाको वडा १ मा मतगणना गरिएको हो । यो वडामा १५३६ मत खसेको थियो । यी दुई वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना भइरहेको छ । क्षेत्र नं. १ मा भने रास्वपाका डाक्टर धनन्य रेग्मीले अग्रता लिइरहनुभएको छ ।