शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष दहित
दाङ, फागुन २२ गते । प्रतिनिधिसभा सदस्यतर्फ दाङ निर्वाचन क्षेत्र नं २ को पछिल्लो मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विपिन कुमार आचार्य तेब्बर मतले अग्रस्थानमा रहनुभएको छ।
हालसम्मको मतगणनामा आचार्यले ९ हजार १५८ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार शंकर पोखरेलले ३ हजार ६६६ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार किरण किशोर घिमिरेले २ हजार ८५८ मत पाउनुभएको छ भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार निर्मल आचार्यले १ हजार ७७१ मत प्राप्त गर्नुभएको छ। मतगणना कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।