• २२ फागुन २०८२, शुक्रबार

रुकुम पश्चिममा प्रलोपाका जनार्दनको सुरुवाती अग्रता

blog

जनार्दन शर्मा ।

राजु लामिछाने 

रुकुम पश्चिम, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम अनुसार रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले सुरुवाती अग्रता लिनुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ बिसकोट नगरपालिका वडा नम्बर १, वडा नम्बर ३, वडा नम्बर ४ क केन्द्रको जम्मा १७५२ मत गणना गर्दा शर्माले ७२६ मतका साथ अग्रता लिनुभएको हो । 

मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगरका अनुसार नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले ५५४, नेपाली कांग्रेसका उम्मेदवार राजु केसीले २३७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मानबहादुर शाहीले ८२ मत प्राप्त गर्नुभएको छ । गणना भएका मतमध्ये ८९ मत बदर भएको बताइएको छ। जिल्लामा ५९.०३ प्रतिशत मत खसेको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार कुल एक लाख ६ हजार ६६० मतदाता रहेकामा जिल्लामा ६२ हजार ९६८ मत खसेको हो । महिला ३४ हजार ६०४ र पुरुष २८ हजार ३६४ जना रहेका छन् ।