• ५ असोज २०८१, शनिबार

उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्न अनेरास्ववीयु माग

blog

काठमाडौं, साउन ४ गते । सरकारी र सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई अस्पतालहरुमा ओपीडी सेवा निःशुल्क र सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्न विद्यार्थीहरुले माग गरेका छन् ।

अनेरास्ववियुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङ र स्वास्थ्य राज्य मन्त्री हीराचन्द्र केसीलाई बुधबार ध्यानाकर्षणपत्र बुझाउँदै उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्न माग गरेको हो ।

अनेरास्ववीयु अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा ध्यानाकर्षणपत्र बुझाइएको हो । 

‘स्वास्थ्य उपचारबाट कुनै पनि विद्यार्थी वञ्चित हुने अवस्था नबनोस् र यही विषयमा पुनः हामीले आन्दोलन गर्न नपरोस् ।’ ध्यानाकर्षपत्रमा उल्लेख छ ।

ध्यानाकर्षपत्रमा अनेरास्ववीयुले स्वास्थ्यको मौलिक हक कार्यान्वयन गर्न समेत माग गरेका छन् ।