• २२ फागुन २०८२, शुक्रबार

सल्यानमा मतगणना सुरु

blog

मतपत्र गणनामा खटिएका कर्मचारी । तस्बिर : शंकर केसी

शंकर केसी,

सल्यान, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सल्यानमा खसेका मतको गणना सुरु भएको छ । 

 बिहान ११ः१५ बजेदेखि जिल्ला समन्वय समितिको ठूलो हलमा मतगणना सुरु भएको हो ।एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा बिहीबार खसेका करिव ५१ प्रतिशत मतको गणना सुरु भएको हो । 

कुमाख गाउँपालिका, ३ का दुई मतपेटिकाका मतपत्र खन्याएर गणना सुरु भएको हो ।सुरुमा एक स्थानमा मतपत्र खन्याएर गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत प्रह्लाद कुमार योगीले जानकारी दिनुभयो ।

 त्यसपछि गणनाको टिम पनि बढाउने तयारी छ । पहिलो चरणमा प्रत्यक्ष तर्फको मतगणना सुरु भएको छ ।यस अघि बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले मतगणना प्रक्रिया, पालना गर्नुपर्ने आचारसंहिता तथा व्यवस्थापन सम्बन्धी विषयमा सहमति जुटाएको थियो ।

 जिल्लाका ११७ मतदानस्थलका २०५ मतदान केन्द्रबाट करिब ५१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

ती मतदान केन्द्रबाट ८२ हजार २०१ जनाले मताधिकार प्रयोग गरेको विवरण छ । यद्यपि वास्तविक विवरण भने रुजु गर्ने काम जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्लामा एक लाख ६२ हजार ४४९ स्थायी मतदाता रहेका थिए ।सल्यानमा प्रतिनिधिसभा सदस्य पदका लागि १४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

राजनीतिक दलका १२ जना र दुई जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।सल्यानमा प्रतिनिधिसभा सदस्य पदका लागि १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

राजनीतिक दलका १२ जना र दुई जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।नेपाली कांग्रेसबाट केशबहादुर बिष्ट, नेकपा एमालेबाट गुलाबजंग शाह, नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर खडका, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितकुमार चन्द र नेपाली कम्युनिष्ट पार्टीबाट रमेश मल्ल उम्मेदवार हुनुहुन्छ । 

यसैगरी नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिसा नेपाली, नेशनल रिपब्लिकन नेपालका डिल्लीबहादुर घर्ती, संयुक्त नागरिक पार्टीका कालीदाश विक, जनमोर्चाकी कमला डाँगी, मंगोल नेशनल अर्गनाइजेसनका बालसिंह घर्ती तथा श्रम संस्कृति पार्टीका धनबहादुर बूढा चुनावी प्रतिस्पर्धामा छन् ।

 स्वतन्त्रतर्फ ध्रुवराज ओली र जुद्धकुमार सिंह उम्मेदवार छन् ।गत प्रतिनिधिसभा निर्वाचन २०७९ मा सल्यानमा जम्मा एक लाख ५७ हजार ७०१ मतदाता रहेका थिए । तीमध्ये प्रत्यक्षतर्फ ८३ हजार ७४ मत खसेको थियो ।