• २२ फागुन २०८२, शुक्रबार

निर्वाचन प्रारम्भिक मतगणना : बयालिस स्थानमा रास्वपा अगाडि

blog

काठमाडौँ,  फागुन २२ गते ।  प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी पछिल्लो मतगणना अनुसार ४२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।

निर्वाचन आयोगका अनुसार हाल गणना भइरहेका ५४ निर्वाचन क्षेत्रमा मध्याह्न १२ बजेसम्म ४२ स्थानमा रास्वपा, चार, चार स्थानमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुई र श्रम संस्कृति पार्टी एक स्थानमा अगाडि छ । रासस