• १४ असार २०८१, शुक्रबार

एकै दिन ३९१ जना सङ्क्रमण, सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार नाघ्यो

blog

काठमाडौं, साउन ४ गते । नेपालमा चौथो लहरमा प्रवेश गरेसँग कोरोना सङ्क्रमणदर बढ्दो क्रममा छ । एक महिना अघि १ प्रतिशतभन्दा काम भएको सङ्क्रमणदर बढेर १० प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा ३९१ जना कोरोना सङ्कमित थपिएका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार तीन हजार ९८१ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३९१ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा दुई हजार ५६२ जनाको आरटी पिसिआर गर्दा ३४० जनामा र एक हजार ४१९ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएकोे हो ।

परीक्षण गरिएकामध्ये ९.८२ प्रतिशतमा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी १८५ जना काठमाडौंमा रहेका छन् । त्यसैगरी, भक्तपुरमा नौ र ललितपुरमा २२ जना सङ्क्रमित  छन् ।

पछिल्लो २४ घण्टामा ४६ जना सङ्क्रमणमुक्त भएका छन् मृत्युदर शून्य रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख २१ हजार ५१५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यसैगरी, नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २७६ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, शून्यसङ्क्रमित भएका जिल्ला सात छन् ।

काठमाडौं उपत्यकामा एक हजार २७० जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये दुई हजार १४३ जना होम आइसोलेसनमा, १३३ जना अस्पतालमा उपचाररत छन् । अस्पतालमा उपचाररत बिरामीमध्ये २१ जना आइसीयूमा छन् ।