शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बिर्तामोड, फागुन २१ गते । पूर्वसभामुख देवराज घिमिरेले आज झापा–२अन्तर्गत अर्जुनधारा–६ स्थित बालकल्याण आधारभूत विद्यालयबाट मतदान गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीसमेत दिनुभएका पूर्वसभामुख घिमिरेले ९६ वर्षीया आमा भीमकुमारीको हातबाट टीका लगाई आशीर्वाद लिई मतदान गर्नुभएको हो ।
मतदान गरेपछि उहाँले निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधार भएकाले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन अनुरोध गर्नुभयो । रासस