शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेरबहादुर सार्की
बाजुरा, फागुन २१ गते । बाजुरामा तीन घण्टामा १४ हजार मत खसेको छ। यहाँ बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो र अहिलेसम्म करिब १४ हजार मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृत संजिव पोखरेलले भन्नुभयो, “हालसम्म कुल मतको करिब १५ प्रतिशत मतदान भएको छ।”
उहाँका अनुसार, “निर्वाचन आयोगको समय अनुसार बिहान ७ बजेबाट यहाँका ७७ स्थल, ११८ स्थायी र १ अस्थायी गरी कुल ११९ मतदान केन्द्रमा शान्तिपूर्वक मतदान सुरु भएको थियो।”
विगतका निर्वाचनमा धादली हुने बाजुरामा यस पटक भने निर्वाचन एकदमै शान्तिपूर्वक सञ्चालन भइरहेको छ। बाजुरामा कुल मतदाता सङ्ख्या ८७ हजार ८६१ रहेको छ, जसमा ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र दुई जना अन्य रहेका छन्।