भवानीदत्त भट्ट
कञ्चनपुर, फागुन २१ गते । कञ्चनपुरमा बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा तीनै निर्वाचन क्षेत्रका नेकपा एमालेका उम्मेदवारले मतदान गर्नुभएको छ।
निर्वाचन क्षेत्र–१ मा प्रत्यक्षतर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले केही बेरअघि पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित गोरखा आधारभूत माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभयो।
त्यसैगरी, निर्वाचन क्षेत्र–२ बाट नेकपा एमालेका उम्मेदवार बचनबहादुर सिंहले कृष्णपुर नगरपालिका वडा नम्बर २ स्थित उदय माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको छ।
निर्वाचन क्षेत्र–३ मा नेकपा एमालेका उम्मेदवार डा. दीपक प्रकाश भट्टले बिहीबार बिहान ७ः३० बजे भीमदत्त नगरपालिका वडा नम्बर ६ स्थित शान्ति निकेतन माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभयो।
जिल्लाका तोकिएका ३६० वटै मतदान केन्द्रमा बिहानदेखि शान्तिपूर्ण ढङ्गले मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ।