• १२ असोज २०८१, शनिबार

गठबन्धनलाई कायम राखेर वाम एकताको पहल गर्ने समाजवादीको निर्णय

blog

फाइल तस्बिर

काठमाडौं, असार ३ गते। नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सचिवालयले वर्तमान पाँच दलीय गठबन्धनलाई कायम राख्दै वाम एकताको पहल गर्ने निर्णय गरेको छ।

 मंगलबार अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले वाम एकताको पहल गर्ने निर्णय भएको महासचिव डा. वेदुराम भुसालले जानकारी दिनुभयो। 

त्यसैगरी, बैठकले संगठनलाई अगाडि बढाउने, समाजवादसम्बन्धी दस्तावेज तयार गर्ने र वर्तमान आर्थिक समस्याबारे गहन छलफल गर्ने निर्णय गरेको छ।