• १५ फागुन २०८२, शुक्रबार

रेल सेवा तीन दिन बन्द हुने

blog

जनकपुर–जयनगर खण्डमा सञ्चालन हुने रेल । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, फागुन १५ गते । नेपाल रेल्वे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै भंगहा–जनकपुर–जयनगर खण्डमा सञ्चालित रेल सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।

कम्पनीले शुक्रबार सूचना जारी गरी निर्वाचनलाई मध्यनजर गर्दै फागुन १९ गते मंगलबारदेखि फाल्गुन २१ गते बिहीबारसम्म ३ दिन रेल सेवा पूर्ण रूपमा बन्द रहने जनाएको हो । कम्पनीको अनुसार फाल्गुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन २१ गते बिहीबारसम्म तीन दिन रेल सेवा पूर्ण रूपमा बन्द रहने छ।

निर्वाचन र मतदानलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जयनगर–जनकपुर–बर्दिवास खण्डमा चल्ने रेल सेवा निर्वाचनभन्दा ७२ घण्टा अगावै बन्द गर्ने व्यवस्था गरिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिनुभयो ।

रेल सेवा बन्दबाट यात्रुहरूमा पर्नजाने असुविधाप्रति कम्पनीले क्षमा याचना माग्दै फागुन २२ गते शुक्रबारदेखि साविक बमोजिम नियमित सेवा पुनः सञ्चालनमा आउने जनाएको छ ।