• १५ फागुन २०८२, शुक्रबार

गुल्मीमा १६७ जनाले राहदानी बनाउँदा आठ लाख ५५ हजार राजस्व सङ्कलन

blog

जिल्ला प्रशासन कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास (गुल्मी), फागुन १५ गते । गुल्मीमा १६७ जनाले राहदानी बनाउँदा आठ लाख ५५ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म जिल्ला प्रशासन कार्यालयबाट १६७ जनाले राहदानी बनाउँदा आठ लाख ५५ हजार रुपियाँ राजस्व सङ्कलन भएको हो ।  

यस्तै, सोही समय अवधिमा १६२ जनाले नयाँ नागरिकता, १२० जनाले प्रतिलिपि, १३ जनाको नावालक परिचय पत्र, राहदानीको आवेदन संकलन १६७, राहदानी वितरण २०४, राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ३८२, राष्ट्रिय परिचयपत्र वितरण ३५५, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित २१ र एक संस्था नविकरण भएको छ ।

एक हप्ताको समय अवधिमा राहदानीबाट आठ लाख ५५ हजार, संस्था दर्ता तथा नविकरणबाट दुई हजार २५५, राष्ट्रिय परिचयपत्रबाट १४ हजार गरी कुल आठ लाख ७१ हजार २५० रुपियाँ राजस्व सङ्कलन भएको हो ।