• ११ फागुन २०८२, सोमबार

धादिङमा भएको बस दुर्घटनाप्रति रास्वपाद्वारा दुख व्यक्त

blog

काठमाडौँ, फागुन ११  गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस आज बिहान १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका भैंसेगौडामा दुर्घटना भएको थियो । उक्त बस त्रिशूली नदी किनारमा खस्दा १८ जनाको मृत्यु भएको छ । 

उक्त घटनामा ज्यान गुमाएका सबैप्रति पार्टीले श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माको चिरशान्तिको कामना गरेको छ । रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले  जारी गर्नु भएको शोक विज्ञप्तिमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । रासस