• ११ फागुन २०८२, सोमबार

लागुऔषधसहित एक युवक पक्राउ

blog

अर्जुन काफ्ले
स्याङ्जा, फागुन ११ गते ।
वालिङ नगरपालिका–६ मिर्दीमा एक युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले वालिङ नगरपालिका–८ बस्ने २३ वर्षीय नरेन्द्र रनपाललाई शङ्कास्प्द अवस्था हिडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

रनपालको शरिरबाट बुप्रेनोर्फिन इन्जेक्सन आईपी ११ एम्पुल, प्रोमेथोजाइन हाइड्रोक्लोराइड आईपी फेनेरगन ११ एम्पुल, डाइजेपाम इन्जेक्सन आईपी ११ एम्पुल, सिरिन्ज तीन थान र मोबाइल एक थान बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अप्रेसन टोलीले चेकजाँच गर्ने क्रममा शरीरमा लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न लागुऔषध बरामद गरेको हो ।

डिएसपी चौधरीले का अनुसार पक्राउ परेका रनपालविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको बताउनुभयो ।